बर्दघाट । पश्चिम नवलपरासीमा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।बर्दघाट नगरपालिका २ चिसापानीमा रहेको धु्रव भण्डारीको रोयल कटेज होटेलबाट प्रहरीले होटल सञ्चालक सहित १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ लाख ८७ हजार ९ सय ६५ रुपैया नगद, ४ बुक तास बरामद गरेको जनाएको छ । पक्राउ परेका सबैलाई अनुसन्धान थाली कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।
बर्दघाटको रोयल केटजमा ३ लाख ८७ हजार नगद सहित जुवाको खालबाट १२ जना पक्राउ