सृजना पौडेल, नवलपुर
आज कावासोती-१ लोका स्याउलिमा घर हस्तान्त्रण गर्ने कार्यक्रम सम्पन्न भएको छ। आर्थिक अवस्था निकैनै कम्जोर भएकोले गर्दा दुई वटा परिवारलाई घर हस्तान्त्रण गरिएको छ।
मानिसलाइ चाहिने भनेकोनै पहिला गाँस,बाँस ,कपास हो तर यि दुई परिवार संग पानि पर्दा ओत लाग्ने बास र घाम लाग्दा घाम छेक्न सक्ने एउटा बास नभएकोले दुई दुखी परिवार लाई , लोकाहा स्याउलि टोल विकास संस्था र जनकल्याण सामुदायिक वनको संयुक्त लगानीमा एक/एक लाख बराबरको घर हस्तान्तरण गरिएको छ। जस बहादुर बि.क र सुल बहादुर भुजेललाई घर हस्तान्तरण वडा नं १का वडा अध्यक्ष नारायण प्रसाद पन्तले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष पन्त थिए भने बिशेष अतिथिमा सामुदायिक वनका अध्यक्ष र वडा नं १का पुर्व अध्यक्ष थिए।
सामुदायिक वनको आतिथ्यतामा र गन्य,मान्य व्यक्तित्व तथा बुद्धिजीवीहरु को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको कुरा वडा नं१ का वडा अध्यक्ष पन्त ले बताए।