कृष्णनगर, कार्तिक २९
कृष्णनगर नगरपालिकाले यो बर्ष ठूलो मात्रामा नगरपालिका अन्तर्गतका कृषकहरु लाई रिसर्च गहूंको बिउ बितरण गरि रहेको छ।कोरोना भाइरस बाट बेरोजगार भई घरमा बसेका कृषकहरुको लागि ठूलो सहयोग स्वारुप रहेको छ। नगरपालिकाले कृषकहरुलाई ७५% अनुदानमा बिउ वितरण गरि रहेको छ। कृषक समूह र वडा मार्फत उन्नत जातका विजय नामक गहूं कुल ३०लाख बराबर र ५३२ बोरी(प्रति बोरी ४० किलो) लगभग १९० हेक्टेयरमा पुग्ने बिउ वितरण गरि रहेको कुरा कृषि अधिकृत सुदीप मौर्याले बताएका छन।
तराईका किसानले कार्तिक अन्तिम हप्तादेखि मंसिरको पहिलाे हप्ताकाे समयसम्म गहुँको बिउ छर्ने गरेकाे हुनाले अहिले बिउ वितरण गर्ने ठिक समय रहेकाे नगर कृषि संयाेजक चन्द्रराम चाैधरीकाे भनाई छ।
नगरपालिकाले सहि समयमा बिउ उपलब्ध गराएकोमा कृष्णनगर वडा नं.१०का कृषक इस्हाक मियाले नगरप्रमुख,उपप्रमुख र समयमा बिउ वितरण गर्न सहयोग पुराउने सबै कर्मचारी र कृषि शाखा लाई धन्यवाद समेत व्यक्त गर्दै कृषि पेशा सबैभन्दा उत्तम पेशा हो, आजको समयमा कृषिमा लाग्न धेरै सजिलो र लाभकारी रहेको छ उनको भनाइ रहेको छ ।
अहिले हामी गहूंको फसल लगाउदै छौ तर हामीलाई चाहिने मल खाद्यको उपलब्धता छैन यदि हामी छिमेकी राष्ट्र भारत बाट मल खाद्य ल्याएर फसल लगाउछौ भने पनि सिंचाईको व्यवस्था नरहेको र हामीले अकाशे पानीको भरमा लगानी गरि रहेका छौ उनले बताइन् ।