प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा गोविन्द केसीलाई स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् । कोरोना संक्रमणपछि आइसोलेसनमा उपचाररत डा केसीलाई स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने जानकारी दिए ।
उनले शनिबार ट्विट गर्दै यस्तो बताएका हुन् । ‘कोरोनाबाट संक्रमित हुनुभएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी गराउँदछु’, प्रधानमन्त्री ओलीको ट्विट गर्दै भनेका छन् ।
बिहिबार गरिएको पीसीआर परीक्षणमा डा केसीको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । उनी हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।