-संजय कुशवाहा / नवलपरासी
पश्चिम नवलपरासीमा आगलागी हुदा घर जलेर नस्ट भएको छ ।
बिहिवार साझ पाल्हिनन्दन गाउँपालिका वडा न.२ पिप्रहवा स्थित बन्धना हजामको फुस र जस्ताले छाएको एक तल्ले घरमा विद्युतको तार सर्ट भई हजामको घरमा आगलागी हुदा घर जली घरमा छति भएको छ ।
आगलागीबाट घर ,काठ ,लत्ताकपडा ,भाडावर्तन गरि करिब एक लाख बराबरको क्षति भएको हो । स्थानीय र प्रहरीको सहयोगले नियन्त्रणमा आएको आगोबाट कुनै पनि मानवीय तथा पशुचौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।