उत्तम कुमार थापा ,बझाङ। नेपाल स्वयंसेवक सँघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा नवीन थापा चयन भएका छन् । विगत लामाे समयदेखि समाजिक कार्यमा लागिपरेका कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाका युवा समाजसेवी थापालाई नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हाे । ग्रामीण क्षेत्रदेखि आफ्नो सामाजिक यात्रा सुरु गरेका थापा आफ्नो अब्बलताले स्थानीय स्तर देखि प्रदेश सम्मको यात्रा तय गरेका छन् । वि.स २०५८ सालमा बेलडाँडी क्षेत्रमा रहेका आरक्ष पीडित परिवार मध्यका एक उनी पनि हुन। आगामी दिनमा आफ्नो संघर्षरत जिन्दगी लाई निरन्तर दुखी गरीबहरुको सेवामा तल्लीन रहेनगरि युवा लाई लक्षित गरि रोजगार तर्फ उन्मुख गर्नका लागि युवा रोजगार कार्यक्रम समेत ल्याउने थापाले बताए। सुदूरपश्चिम प्रदेशको प्रचारप्रसारका लागि मुख्य जिम्मेवारी निराजन परियार र महासचिवको जिम्मेवारी नरेन्द्र सिंह बोहरालाई दिएको अध्यक्ष थापाले बताए। आफ्नो गाउँ ठाउँको स्तर उन्नति र बिकासका लागि युवा लक्षित कार्यक्रम गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि नरहेको उनी बताउछ्न।
नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा नवीन थापा