-पार्वति पाण्डे
कावासोति । नजिकिदै गरेको दिपावली तिहार शुरु भएसँगै प्रहरीले तिहारमा विस्फोटक पदार्थ पटेकाहरुको विक्री वितरण तथा प्रयोगमा रोक लगाएको भए पनि पटेका पड्काउन भने छोडेका छैनन् ।
कोरोनाको कहरै कहरमा पनि मानिसहरुमा तिहारको रौनक छाइरहेको छ । गत बर्षको तुलनामा यो बर्षको तिहार रौनक बनिरहेको छैन । रड्ड, भाइमसला,रेडिमेट माला लगायत कपडा पसलहरुमा मानिसहरुको चहलपहल पहिलाको तुलनामा निकै कम पाइएको छ । अघिल्ला बर्ष भन्दा यो बर्ष तिहार पछाडी रहँदा चेलिबेटिहरुले आफ्ना दाजुभाईलाई माला बनाएर लगाइदिने सयपत्रि र मखमलि बोटमै सुकिसकेका छन् जस्का कारण बजारीय मालाको माग पहिलाको तुलनामा अलि बढ्ने बजारीया माला ब्यापारीहरु आसा रहेको छ ।
नेपाल प्रहरीले तिहारमा विस्फोटक पदार्थ पटेकाको विक्री वितरण तथा प्रयोगमा रोक लगाएको भए पनि नवलपरासीमा भने पटेका आतंक रोकिएका छैनन् । तिहार शुरु हुनु १ साता अगाडि देखि पसलेहरुले पटेका बेचबिखन गरिरहेको र पटेका पड्काइएका बिभिन्न आवाजहरु गुञ्जिरहेको सुन्निरहेका छन् । प्रहरीले पटेका विक्री वितरण तथा प्रयोग गर्नेलाई कारवाही गर्ने भनेता पनि अहिले दैनिक पटेका विस्फोटका आवाजहरु सुन्नि रहँदा पनि कारवाही हुन सकिरहेको छैन ।