खगेन्द्र पराजुली, ५ भदौ, नवलपुर । नवलपुरको कावासोती र गैंडाकोटका २ जना स्थानीयमा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । थप २ जना नयाँ संक्रमित थपिएसँगै नवलपुरमा संक्रमण पुष्टि भएको कुल संख्या ३ सय ६३ पुगेको छ । आज शुक्रवार बिहान भरतपुर प्रयोगशालावाट कावासोतीका १ जना र पोखरा प्रयोगशालाबाट गैंडाकोटका १ जनामा संक्रमण पुष्टि भएको पोजेटिभ रिपार्ट प्राप्त भएको स्वास्थय कार्यालय नवलपुरले जनाएको हो । स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईका अनुसार कावासोती १६ का ४० बर्षका पुरुषमा कोभिड १९ भाईरस भएको पुष्टि भएको हो । ५–६ दिन अगाडीदेखी ज्वरो आएर मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार चलिरहेका ती पुरुषको स्वाव संकलन गरी परिक्षणका लागी पठाईएको थियो । उनकी श्रीमती समेतको स्वाव परीक्षण हुँदा उनको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ प्रमुख चापागाईले बताए । यस्तै, गैंडाकोटबाट २ गते संकलन गरी पठाईएको १ सय १३ वटा समुदायस्तरका नमूनामा हिजो पुष्टि भएका ३ जना बाहेक फेरी अर्का एक जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थय शाखा प्रमुख झलकराज पौडेलका अनुसार गैंडाकोट वडा नं. २ का ३२ बर्षका पुरुषमा संक्रमण देखिएको छ । नवलपुरको पछिल्लो बिवरणअनुसार अहिलेसम्म ३ सय ३० जना संक्रमणमुक्त भएका छन् । आज बिहानसम्म जिल्लाभरका ३३ जना सक्रिय संक्रमित प्राकृतिक आईशोलेशन सहित भरतपुरको आईशोलेशनमा छन्
कावासोती र गैंडाकोटका थप एक–एक जनामा संक्रमण पुष्टि