सृजना पौडेल
कार्तिक २० नवलपुर
तनहुँको सदरमुकाम दमौली बाट नजिकै रहेको ब्यास नगर पालीका वडा नं ५ मा रहेको मानुङकोट डाँडा अहिले निकै नै प्रख्यात भएको छ । मानुङकोट फेदिमा पुग्नलाई दमउली बाट ३ किलोमिटरको यात्रा गर्नुपर्छ ।
हाल कुहिरोकै कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मानुङकोट। कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ उक्त क्षेत्रमा।
तनहुँ र नजिकका जिल्लाका मानिसहरू कुहिरो हेर्नकै लागि सबेरै मानुङकोट पुग्छन्। यस ठाउँसँग जोडिएको पौराणिक किम्बदन्ती समेत छ।
कथा अनुसार मानुङकोट डाँडाबाटै कुहिरोको उत्पति भएको हो। महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर। उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पति गरेको कथन छ।
ब्यास नगरपालिकाको जन्म भुमी र शिर भनेर चिनाउन त्यस ठाउँमा धेरै कार्यहरु अगाडि बढाइएको छ । मानुङकोट डाँडामा रेलीङ्ग राख्ने काम सम्पन्न भएको छ। दृश्य अवलोकन गर्नका लागि भिउ टावर निर्माणका लागि ४० लाख बराबरको टेन्डर आहवान गरेको वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले बताए।
अब नेपालको सबैभन्दा ठुलो राष्ट्रिय झण्डा राख्ने अभियानमा लागिरहेको ,पर्यटकीय पैदल मार्ग बनाउँदै र मोटर बाटो पिज गर्ने काम भैरहेको कुरा श्रेष्ठले गण्डकि आज अन्लाइन मिडिया सँग कुराकानी गर्दा बताए।
सुर्य उदायको बेला
निकै रमाइलो दृश्य देखिने हुदाँ सबैजनालाई आउन आहवान गरे र माहामारीको बिचमा आउदाँ सावाधानी अपनाउनु पर्छ र आउँदा आफुले लिएर आएको सामान बाट निस्केको फोहोर यत्र तत्र नफालि एक ठाउँमा राखिदिनु मोहन कुमारले आग्रह गरे ।
मानुङकोट प्राकृतिक हिसाबले मात्र नभइ सांस्कृतिक रुपमा पनि धनी छ। मगर जातिको बाहुल्यता रहेको यस ठाउँ कौरा नाचका लागि पनि प्रख्यात छ।
मानुङकोट डाँडामा पुग्ने बाटो कच्ची भएपनी सबै साधनमा सजिलैसँग जान सकिन्छ । ४ वर्ष देखि मानुङकोट खाजा घर सञ्चालन गर्दै आएकि खेती आले भन्छिन् होटलमा भिडभाड हुन थालेको २ वर्ष भयो र पहिलाको तुलनामा अहिले घुम्न आउनेको घुइचो निकै बढेको तर बिचको सात आठ महिना यता लकडाउनले गर्दा बिदेशि पर्यटकहरु आउन पाएको छैनन् यसैले ब्यापार पनि न्युन भएको थियो तर अहिले धेरै नेपाली पर्यटकहरु घुम्न आइरहेका छन ।
त्यसठाउँको लोक्कल खाना प्रख्यात रहेको र पर्यटक आउँदा होमस्टेमा बस्न र लोक्कल खान खाना धेरै मन पराउने आलेले बताइन् ।