पछिल्लो समय नवलपुर जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहँदा यहाँका पालिकाहरुले सेवा बन्द गर्न बाध्य भएका छन् । पालिका भित्र कार्यारत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस भन्नका लागि केही पालिकाहरुबाट प्रवाह हुने सेवा बन्द समेत गरिएको छ । यस्तै नवलपुरको कावासोती नगरपालिकामा मंगलबार एकै दिन ४ नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका ७ दिनका लागि बन्द गरिएको छ । यो समयमा आना सेवा ग्राहीहरुलाई काममा सहजता होस भन्ने उद्धेश्यले अन्य पालिका भन्दा फरक ढंगले काम गर्न लागेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरिले जानकारी दिनुभयो । पुरिले सेवाग्राहीहरुले कोभिडको समयमा राजस्व तिर्न प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने बाध्यतालाई अन्त्य गर्न ईसेवा, ईपे जस्ता सेवा सुरुवात गर्न लागिएको जानकारी दिनुभयो । यस्तै कावासोती नगरपालिकामा कोभिड संक्रमितको संख्या बढ्दो रहेकाले आगामी दिनमा नगरवासीलाई संक्रमणको समयमा कुनै अप्ठ्यारो नहोस भन्नका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने योजनामा रहेको प्रशासकीय अधिकृत पुरिले बताउनुभयो ।
कोरोना कहरमा सेवाग्राहीहरुको सेवामा नयाँ योजना ल्याउँदै कावासोती नगरपालिका