नवलपुर,
१८ कार्तिक २०७७
पूर्वी नवलपरासीको विनयि त्रिवेणी गाउँपालिकाका विद्यालयहरु आजदेखि आर्को सुचना नआउदाँ सम्म बन्द हुने भएका छन् ।
आज बिनियि त्रिवेणिका शिक्षा समितिहरु बैठक बसि स्थानीय स्तरमै कोरोना का बिरामी देखिएका कारण विद्यार्थीहरुमा नकारात्मक असर पर्न सक्ने र मानसिक रूपमा उनीहरू पढ्न सक्षम नहुन सक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । विद्यालय खोल्ने नखोल्ने सन्दर्भमा छलफलका निमित्त गरिएको बैठकले गाउँपालिका भित्रका कुनै पनि विद्यालयहरुले आर्को बैठक बसेर सुचना ननिकाल्दासम्म शिक्षक बिद्यार्थी प्रत्यक्ष उपस्थित भई गरिने सम्पुर्ण शैक्षिक गतिबिधि नगर्ने निर्णय गरेको छ ।
साथै कक्षा ११ र १२ परीक्षा भने पूर्व निर्धारित समयमा नै हुने जानकारी गाउँपालिकाले बिज्ञाप्ति मार्फत जानकारी गरेको छ ।
विनयि त्रिवेणी गाउँपालिकाका विद्यालयहरु अनिश्चितकालिन बन्द