चोरमारा,नवलपुर।नवलपुरको मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानालाइ कोरोना संक्रमण पुष्टि भएको छ।कार्तिक १६ गते चितवन मेडिकल कलेजमा स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको प्रमुख रानाको निजि सचिवालयले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएको छ।मेयर रानको अवस्था सामान्य रहेको तथा होम आइसोलेसनमा बसेको जानकारी समेत सचिवालयले दिएको छ।
मध्यविन्दु नगरप्रमुख रानामा पनि कोरोना संक्रमण पुष्टि