नवलपुर,कार्तिक १७। गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेललाइ कोरोना संक्रमण पुष्टि भएको छ।प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले एक विज्ञप्ति जारी गरेर कोरोना पुष्टि भएको जानकारी गराएका हुन।
पौडेलको गत १५ गते कोरोना परिक्षणको लागि भरतपुर हस्पिटलमा स्वाव संकलन गरिएको र आजमात्रै नतिजा पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख्य गरिएको छ।साथै प्रमुख पौडेलको स्वास्थ अवस्था सामान्य रहेको जानकारी गराउदै सम्पूर्ण नगरवासिलाइ सचेत तथा सुरक्षित रहन अपिल समेत गरिएको छ।नवलपुरमा यसअघि सिडिओ मनमाया पंगेनी तथा हुप्सेकोट गाउपालिका प्रमुख लक्ष्मी पाडेलाइ समेत कोरोना संक्रमण पुष्टि भएको थियो।
गैंडाकोट नगरप्रमुख पौडेललाइ पनि कोरोना संक्रमण