-बिष्णु गौडेल
हुप्सेकोट गांउपालिकामा उज्यालो उप्सेकोट कार्यक्रम अन्तर्गत ३ सय १५ घर परिवारलाई निशुल्क सोलार वितरण गरिएको छ । विधुत सेवा नपुगेका वस्तीमा रहेका गरिव एवम् विपन्न परिवारलाई लक्षित गरि निशुल्क सोलार वितरण गरिएको हुप्सेकोकट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनु भयो । वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र संगको सहकार्यमा बिजुलि नपुगेका वडा नम्वर २ का ५५, वडा नम्वर ४ का ६५, वडा नम्वर ५ का ९० र वडा नम्वर ६ का १ सय ५ घर परिवारलाई निशुल्क सोलार वितरण गरिएको छ ।

गाउपालिकाको वडा नम्वर ५ र ६ मा पुर्ण रुपमा विधुत सेवा पुग्न सकेकोक छैन् । चालु आर्थिक वर्ष भित्रमा हुप्सेकोट गाउपालिका भित्रका सवै वस्तीमा विधुत सेवा पुर्याउने लक्षका साथ उज्यालो हुप्सेकोट योजना अन्तर्गत अहिले गाउपालिका भित्र राष्ट्रिय प्रशारण लाइनको विधुत विस्तारको कार्य पनि जारी रहेको छ । गाउपालिकाले निशुल्क सोलार वितरण गरे पछि स्थानिय खुशि भएका छन् । अध्यारोमा वस्दै आएका घर परिवारले सोलार पाए संगै दैनिकि निकै सहज हुने वडा नम्वर ५ का वडा अध्यक्ष पदम वाहादुर रानाले वताउनु भयो ।

हुप्सेकोट गाउपालिका भित्रका सवै घरमा उज्यालो पुर्याउने लक्षका साथ गत आर्थिक वर्ष देखि उज्यालो हुप्सेकोट योजना मार्फत विधुतिकरणको कार्य जारी रहेको अवस्थामा विपन्न परिवारलाई वैकल्पीक उर्जा प्रवद्र्धन गरिएको गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वताउनु भयो । चालु आर्थिक वर्ष भित्रमा गाउपालिकाका ६ वटै वडामा राष्ट्रिय प्रशारण लाइनको विजुलि पुग्ने वताउदै अध्यक्ष पाण्डेले सोलार मार्फत गरिव विपन्न परिवारलाई केहि मद्धत पुग्ने अपेक्षा लिइएको अध्यक्ष पाण्डेको भनाइ छ।
