काठमाडौं-स्वास्थ्य मन्त्रालयले कोभिड(१९ का बारेमा जानकारी दिने नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ ।
विजयादशमीको अवसरमा मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगन गरेको थियो ।
मन्त्रालयले दशैँ बिदाका बेलामा कोभिड(१९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो ।