तरुणदल अध्यक्ष सुर्य गुरुङले विभिन्न सहयोगीहरुसंग मिलेर मध्यविन्दु १२ मा खाद्यान्न हस्तान्तरण गरेका छन।मध्यविन्दु १२ मा रहेका अति विपन्न ४७ घर परिवारलाई ६२ हजार बराबरको चामल मध्यविन्दु नगरपालिका वडा न १२ का वडाध्यक्ष र स्थानीय क्लब नबज्योती युवा क्लबमार्फत हस्तान्तरण गरिएको हो।कावासोतीका सहयोगीहरु रामचन्द्र भण्डारी ,हेमु शंकर देवकोटा , सरस्वती तिमिल्सिना लगायतको आर्थीक सहयोग र व्यक्तिगत रुपमा पनि आर्थिक स्रोत व्यवस्थापन गरेर चामल सहयोग गरिएको तरुण दल नवलपुर अध्यक्ष सुर्य गुरुङले बताए।कोरोना संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा खासगरी दैनिक ज्यालादारी गरेर खाने विपन्न परिवारलाइ समस्या परेको महसुस गरेर केही सहयोग होस भन्ने हेतुले सहयोगी दाताहरुको सहकार्यमा खाद्यान्न वितरण गरिएको गुरुङले बताए।वडामा रहेका विपन्न परिवारलाई अहिलेको जटिल अबस्थामा गरेको सहयोग अत्यन्तै महत्वपूर्ण भएको भन्दै वडाध्यक्ष कुल बहादुर गुरुङले सहयोगी हरुलाइ धन्यवाद दिए।
तरुण दल अध्यक्ष गुरुङद्वारा मध्यविन्दुमा विपन्न परिवारलाइ खाद्यान्न वितरण