नवलपरासी कार्तिक ६
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल कोरोना संक्रमण मुक्त हुनुभएको छ । बस्याललाई संक्रमण पुष्टी भएको ११ दिनमा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
नगर प्रमुख बस्याल होम आईसोलेसनमै रहदै आउनुभएको थियो । संक्रमणको समयामा आफुलाई कुनै स्वास्थ्य समस्या नदेखिएको र उच्च मनोबलका साथमा सतर्कता अपनाएकै कारण छिट्टै कोरोना संक्रमण मुक्त भएको बस्यालल्ले बताउनुभएको छ ।
बस्याललाई कोरोना संक्रमण भएपछि कन्ट्रयाक ट्रेसिङका क्रममा परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण पुष्टि भएकोमा अहिले सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक नगरपालिमा संक्रमितको संख्या बढेकोले सबैलाई सजग रहन पनि बस्यालले नगरबासीलाई आग्रह गर्नुभएको छ । बिजयादशमी घर परिवारका सदस्य संग मात्र मनाउन र स्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि बस्यालको आग्रह रहेको छ ।
त्यस्तै दौतरीकर्मी पत्रकार प्रमोद अर्याल पनि कोरोना संक्रमण मुक्त हुनुभएको छ । अर्याल पनि संक्रमण पुष्टी भएको ११ औं दिनमा संक्रमण मुक्त हुनुभएको हो । अर्याल होम आईसोलेसनमै रहदै आउनुभएको थियो ।