नवलपुर । आज थप ३९ जनामा कोरोना संक्रमणदेखिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२५४ पुगेको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३१ जनामा सङक्रमण देखिएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट सबैजना संक्रमितहरुको विवरण पहिचानमा आएको हो । उक्त सङक्रमितहरु कास्की जिल्ला, पोखरा महानगरपालिका १०, ७ र १३ का २०, २१, २० बर्षका महिलाहरु रहेका छन् र उनिहरुले अन्नपुर्ण अस्पताल, पोखरामा स्टाफनर्शका रुपमा कार्यरत रही आएका थिए । 
सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा गण्डकि प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराएको छ ।