चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत तनहुँ शुक्लगण्डकी नगरपालिका घरभई हाल मकवानपुर हेटौडा ५ बस्ने ३३ बर्षिय महिलाको आज विहान ६ः१५ बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ३७ हप्ताको गर्भवती उहाँमा असोज ३० गते कोभिड १९ संक्रमण पुष्टी भएको थियो । खोकी, श्वासप्रश्वाशमा समस्या लिएर अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएको उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि हिजो कोभिड आइसीयुमा राखेर भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो ।
तर आज विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।