-सृजना पौडेल
कावासोती । कार्तिक ५
हालचली रहेको नवरात्रीलाई मध्यनजर गर्दे आज बिहान नवदुर्गा मन्दिरमा पन्चमी तिथीको शुभ मुहुर्त पारेर मुर्ती राख्ने कार्यक्रम सम्पन्न भएको छ ।
कावासोती नगरपालिका वडा नं ३ देवीचोक मा रहेको सो मन्दिरमा सुर्य नारायणको मुर्ती सृजना कंडेल र खुमलाल कंडेलले राखेका थिए भने बिष्णु भगवान्को मुर्ती चन्द्रकला श्रेष्ठले राखेकि थिइन् ।
विगतका वर्षमा हामीले निकै नै राम्रो भब्य तरिकाले नवदुर्गा मन्दिरको परिसरमा रमाइलो गरेका थियौ तर यो वर्ष कोरोनाको कहरका कारण पहिलाको तुलनामा मन्दिर शुन्य रहेको बताउछिन सो मन्दिरकि उपाध्यक्ष प्रेम कुमारी शर्मा । 
कोरोनाको त्रासको बेला रहेकोले धेरै भिडभाड नगरी उक्त मन्दिरका कार्य समीती र मन्दिर वरीपरीका बासिन्दाहरुको सहकार्यमा मुर्ती राख्ने कार्यक्रम अनौपचारीक तरिकाले सम्पन्न गरिएको थियो । 
कावासोतिको नवदुर्गा मन्दिरमा मुर्ति राख्ने कार्यक्रम सम्पन्न