भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको कार्यालय विगत २ हप्ता अघिदेखि बन्द रहेको छ । कार्यालयका अधिकांश कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछी अझैँ ५दिनको लागि कार्यालय बन्द रहने भएको हो ।
गत असोज १८ गतेदेखि देवचुली नगरपालिकाले ३ पटक सम्म सुचना जारी गर्दै कात्तिक ६ गते सम्म कार्यालय बन्द रहने जानकारी गराएको छ । नगरपालिका कार्यालयले कर्मचारी अभावले कार्यालय सञ्चालनमा कठिनाई, कार्यालय निर्मलिकरण तथा सेवाग्राहीलाई संक्रमणको जोखिमबाट बचाँउने भन्दै कार्यालय भवन बन्द गरेको हो ।

नगरपालिका कार्यालयले वडागत भवनबाट कार्य सञ्चालन रहने जानकारी गराएपनी देवचुली नगरपालिकाका अधिकांश वडा कार्यालयहरुले भने नगरपालिकाले सुचना जारी गरेको र सेवाग्राहीलाई संक्रमण बाट जोगाउन भन्दै वडा कार्यालयहरु समेत बन्द गरेका छन् ।