जिल्ला अस्पताल लाई पिसिआर मेसिन हस्तान्तरण नवलपुर : नवलपुरको मध्यविन्दु जिल्ला अस्पताललाई शनिवार एक समारोहका बिच पिसिआर मेसिन हस्तान्तरण गरिएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि जिल्लामानै पिसिआर परिक्षण गर्नका लागि सो मेसिन संघिय सरकारले जिल्ला अस्पताललाई उपलब्ध गराएको हो ।
हस्तान्तरण समारोहमा बोल्दै प्रमुख अतिथि संघिय सांसद तिलक महतले जनताको आबश्यकतालाई ध्यानमा राख्दै जिल्लामा नै पिसिआर परिक्षण गर्न मेसिन आबश्यक रहेको बताए । उनले भने,“पिसिआर मेसिन आएपछि अब रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने दिनको अन्त्य भएको छ , यसले कोभिड बिरुद्धको लडाईमा अझै सहज हुनेछ भन्ने बिश्वास मैले लिएको छु । ” महतले जिल्लाको अबश्यकतालाई ध्यानमा राखेर सबैको सहयोगमा जिल्लामा मेसिन आएको बताए । उनले भने,“अब हामीलाइ अझै सहज भएको छ ,जिल्ला अस्पतालालाई स्तरोन्नती गर्दै बिस्तारै सबै सेवा उपलब्ध गराउने गरि अघि बढेका छौं । ” कार्यक्रममा नेपाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेश सभाका सदस्य बिष्णु प्रसाद लामिछानेले जिल्लाको अबश्यकतालाइ मध्यनजर गर्दे पिसिआर मेसीन आउनु खुशीको कुरा भएको बताए । उहाँले जनताको सेवा राजनिति भन्दा माथी रहेको बताउँदै जनसेवाका बिषयमा यो या त्यो भन्न नहुने बताए । उनले भने,“यहाँको आबश्यकतालाई मध्यनजर गरेर मेसीन आएको छ , अब यसको व्यवस्थापन र संचालनका लागि आबश्यक बजेटका लागि प्रदेश सरकार संग पहल गर्ने छौं । ” उनले छिटो भन्दा छिटो मेसीन संचालनमा ल्याउनका लागि आफुले सक्दो सहयोग गर्ने बताउँदै त्यसका लागि तिव्र गतिमा काम सुरु गर्न अस्पताल व्यवस्थापनलाई आग्रह गरे । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभाका सदस्य रोशन बहादुर गाहाले गण्डकी प्रदेशमानै पहिलो पटक पोखरा बाहिर नवलपुरमा मेसिन पठाएकोमा संघिय सरकारलाइ धन्यवाद दिए । उनले सरकारले कोभिड नियन्त्रण र राोकथाममा गरेको प्रयासको प्रशंशा गर्दे सबैले सरकारलाई आफ्नो आफ्नो स्थानबाट सहयोग गर्न आबश्यक रहेको बताए । उनले भने,“ आएको मेसिनलाई सहि सदुपयोग गर्दै छिटो भन्दा छिटो परिक्षणका लागि व्यवस्था मिलाउन आबश्यक छ , यसमा मेरो तर्फबाट सबै सहयोग हुन्छ । ” सो अबसरमा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईं लगायतले बोलेका थिए ।
शनिवार जिल्ला अस्पतालाई हस्तान्तरण गरेको मेसिनले एक पटकमा ९० देखि १०० वटा नमुनाको परिक्षण गर्न सक्छ जसअनुसार दैनिक ४०० देखि ५०० नमुनाको परिक्षण गर्न सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा गोपाल खनालले बताए । खनालले तत्काल मेसिनको जडान गर्दै जनशक्तीको व्यवस्था गरि परिक्षण सुरु गरिने छ । नवलपुर जिल्लाको नमुनाहरु पोखरामा परिक्षण गरिंदै आएको छ । पोखराबाट स्वाव लिएको ३ देखि ४ दिन भित्र रिपोर्ट आउने गर्दछ । जिल्लामा अहिले पनि ४७५ जना सक्रिय संक्रमित छन् ।