देवचुली, एलिना केसी।महाअभियान हरेक दिन एक मुठी अभियान र ज्योति लाईफ ईन्सुरेन्सको सहकार्यमा १० महिने मुटु तथा आन्द्रा रोगी बालकलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । बुधबार महाअभियान हरेक दिन एक मुठी अभियान र ज्योति लाईफ ईन्सुरेन्सका अभियान्ताहरु बालकको घरमै पुगी परिवारलाई खाद्यन्न सामग्री हस्तान्तरण गरिएको हो । नवलपुरको बुलिङ्गटार गाउँपालिका सुनार थुम्की घर भई हाल देवचुली दलदलेको मुनलाईट चोकमा भाडामा बस्दै आएका लोकेन्द्र बहादुर पुलामी र उमा पुलामीका १० महिने छोरा सीमाने पुलामीको उपचारमा समस्या आएपछि विभिन्न संस्थाहरुले सहयोग गरिरहेका छन् ।
यसैक्रममा उपचारमा थप सहयोग पुगोस भन्ने उद्धेश्यले एक मुठी अभियान र ज्योति लाईफ ईन्सुरेन्सले २ बोरा चामल, तेल, दाल, तरकारी लगायतको खाद्यन्न सामग्री सहयोग गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा ज्योति लाईफ ईन्सुरेन्स कावासोती शाखा प्रमुख गगन न्यौपानेले आर्थिक अवस्था कम भएका र दुःखीहरुलाई यसरी घरमै पुगेर सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । दुःखमा परेका असाय व्यक्तिहरुलाई विगत लामो समय देखि एक मुठी अभियानले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने महाअभियान हरेक दिन एक मुठी दान संस्थाका अध्यक्ष किरण भुर्तेलले बताएका छन् । संस्थाले कोरोना संक्रमणको समयमा बिहान बेलुकीको छाक टार्न समस्या भएकालाई समेत खाद्यन्न उपलब्ध गराउँदै आईरहेको छ ।
आन्द्रा तथा मुटुरोगी बालकलाई ज्योती लाइफ र महाअभियानको सहकार्यमा खाद्यान्न वितरण