रन्जीत शर्मा / नवलपरासी / ७ असाेज । नवलपरासी( पश्चिम् )को सरावल गाउपालिकामा प्रस्तावाना तथा प्रतिवेदन लेखन सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ। संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा सरावल गाउँपालिकाकाे समन्वय र ए.वि.सि नेपाल स्ट्रोम फाउण्डेसनकाे सहयोगमा तालिम सम्पन्न भएको छ।
सञ्जालका अध्यक्ष महेश यादव को अध्यक्षता तथा सरावल गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत बुध प्रकाश पाैडेलकाे प्रमुख अतिथता मा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि पाैडेलले प्रशिक्षण समेत गर्नुभएको थियो । प्रमुख अतिथि पाैडेलले यस तालिम बाट सिकेका कुराहरूलाई अाफ्नाे व्यहारिक जिवनमा लागू गर्ने र प्रस्तावाना तथा प्रतिवेदन लेखन भनेकाे केहाे कसरी लेखिन्छ र किन गरिन्छ भन्ने कुरामात्र सिमित नभएर भाेलिकाे दिनमा कार्य गर्न समेत बताउनु भएको थियो ।
कार्यक्रममा बाेल्दै सञ्जालका अध्यक्ष यादवले याे तालिम बाट सिकेका प्रस्तावाना तथा प्रतिवेदन लेखन तरिका हामिले सिकेर मात्र हुदैन हामी अाफ्नाे सञ्जालका कार्यक्रम तथा विभिन्न कार्यहरुकाे प्रतिवेदन लेखेर सञ्जालमा राख्ने र अरुलाई समेत सिकाउनु पर्छ बताउनु भएको थियो ।
कार्यक्रममा युवा तथा समाजिक अभियानता माेहम्मद ईजहार शेष र सरावल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बुध प्रकाश पाैडेलले प्रशिक्षण गर्नुभएको थियोे । साे अवसरमा संवाद किशोर किशोरी सञ्जालका २६ जना किशोर किशोरी लगायत एबिसि नेपालका सहजकर्ता साईदा निशा पठान , सबिता चाैधरी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन सञ्जालका काेषाध्यक्ष सन्दिप बिकले गर्नुभएको थियो ।